April 16, 2026, Thursday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

कोइला सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा पुनः उत्पादन बन्द

बैशाख ३, २०८३

15

हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज (३ वैशाख) बिहानदेखि उत्पादन बन्द गरेको छ ।

करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिकटन कोइला खरिदका बोलपत्र आव्हान गरिसकेको छ ।

करिब २ हप्ताभित्र कोइला आइपुग्ने हेटौँडा सिमेण्ट उद्योगको सहायक प्रवन्धक विकास श्रेष्ठको भनाइ छ । कोइलाको परीक्षण नतिजाअनुसार मात्र सिमेण्टको उत्पादनको समय निर्धारण हुने श्रेष्ठले जानकारी दिएका छन् ।

भर्खरै