April 14, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

चैत्र २८, २०८२

30

बाँकेको कोहलपुर नगरपालिका-१५, अक्कलघरवामा शनिबार (२८ चैत) टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले कोहलपुरको भित्री सडकमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार जाजरकोट छेडागाउ नगरपालिका-५ का ५७ वर्षीया देवीसरा रावतको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । सो घटनामा मोटरसाइकल चालक उनका छोरा सुदीप रावत गम्भीर घाइते भएका छन् ।

प्रनाउ पातलीका अनुसार स्थानीय गुरुवा गाउँदेखि हवलदारपुरतर्फ गइरहेको कर्णाली प्रदेश ०२–००१ ब ०३६१ नम्बरको मोटरसाइकललाई हवलदारपुरबाट गुरुवागाउतर्फ गइरहेको भे १ ख ३२३२ नम्बरको टिपरले अक्कलघरवामा ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका सुदीप रावतको नेपालगञ्जस्थित सञ्जिवनी अस्पतालमा भइरहेको र उनको छाती एवम् टाउकोमा गम्भीर चोट लागेको जनाइएको छ । दुर्घटनापछि फरार भएका टिपरचालक बाँके राप्ति सोनारी–९ निवासी टेकबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका-५ गाछेपानीमा शनिबार (२८ चैत) दिउँसो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा ११ च ७३६५ नम्बरको टोयोटा गाडीले आफ्नै लेनबाट जाँदै गरेको ग १९ प २९८८ नम्बरको स्कुटरलाई डिभाइडर नाघेर ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमृत लामिछानेका अनुसार गाडीको ठक्करबाट घाइतेमध्ये एक जनाको पोखरास्थित गण्डकी मेडिकल कलेज र एक जनाको तनहुँ सेवा अस्पताल दुलेगौँडामा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने गाडीचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भर्खरै