April 14, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

नागढुङ्गा सुरुङमार्ग प्रयोग शुल्क तय: हलुका सवारीदेखि भारी ट्रकसम्म दर निर्धारण

चैत्र २७, २०८२

40

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि लाग्ने शुल्क सार्वजनिक गरेको छ।

मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशित गर्दै नेपाल सरकार मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) अनुसार प्राप्त अधिकार प्रयोग गरी सुरुङमार्ग प्रयोगबापत दस्तुर लिने निर्णयअनुसार शुल्क निर्धारण गरिएको जनाएको छ।

गत साउन २६ गते मन्त्रिपरिषद्ले गरेको निर्णयका आधारमा आज राजपत्रमार्फत दर सार्वजनिक गरिएको हो। नयाँ दरअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

त्यसैगरी, मिनीबस तथा मिनी टिपर/ट्रकका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तोकिएको छ। बस तथा सिङ्गल रियर एक्सल भएका ट्रकका लागि प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

मल्टी एक्सल ट्रक तथा अन्य भारी उपकरणका हकमा प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको छ।

भर्खरै