April 14, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

इस्लामाबादमा अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता सुरु

चैत्र २८, २०८२

25

अमेरिका इरान युद्ध रोक्नका लागि इस्लामाबादमा त्रिपक्षीय वार्ता सुरु भएको छ । अमेरिका, इरान र पाकिस्तानका प्रतिनिधिबीच वार्ता सुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानको मध्यस्थतामा प्रत्यक्ष संवाद भइरहेको अलजजिराले उल्लेख गरेको छ । पाकिस्तानी सञ्चारमाध्यम डनले पनि प्रत्यक्ष वार्ता सुरु भएको उल्लेख गरेको छ । प्रत्यक्ष वार्ताअघि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले इरान र अमेरिकी प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै संवाद गरेका थिए ।

उनीहरूसँगको छलफलपछि पाकिस्तानी प्रधानमन्त्रीले वार्ताले परिणाम निम्त्याउनेमा आशावादी रहेको उल्लेख गरेका थिए । ‘यो वार्ताले क्षेत्रीय र विश्वको स्थायित्वको लागि परिणाम दिनेमा आशावादी छु,’उनले उल्लेख गरेका थिए । वार्तामा अमेरिकातर्फबाट उपराष्ट्रपति जेडी भान्स, ट्रम्पका विशेष दूत स्टिफ विटकफ र जरेद कुसर्नर छन् ।

यस्तै, इरानबाट सभामुख मोहम्मद बघार गलिबाफ, विदेशमन्त्री अब्बास अगर्जीसहितका प्रतिनिधिमण्डल छन् । पाकिस्तानकातर्फबाट उपप्रधान तथा विदेशमन्त्री इशक दार, रक्षा बल तथा सेना प्रमुख असिम मुनि र गृहमन्त्री मोहसित रजा नाक्बी सहभागी छन् ।

भर्खरै