April 15, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

लेन मिच्दा सभामुखको गाडी कारबाहीमा, तीन सवारी जरिवाना

बैशाख २, २०८३

30

काठमाडौं: लेन उल्लंघन गरेको आरोपमा डोलप्रसाद अर्याल सवार गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

थापाथली क्षेत्रमा लेन क्रस गरी ट्राफिक नियम उल्लंघन गरेपछि सभामुख अर्याल चढेको गाडीसहित त्यसको अगाडि–पछाडि रहेका अन्य सवारी साधनलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरी स्रोतले जनाएको छ।

नियम उल्लंघनको जानकारी पाएपछि ट्राफिक प्रहरी सिंहदरबार पुगेर तीन वटा गाडीलाई चिट काटेको बताइएको छ।

ट्राफिक नियम उल्लंघनमा पद वा हैसियत नहेरी कारबाही गरिएको भन्दै यस घटनालाई नियम कार्यान्वयनको उदाहरणका रूपमा हेरिएको छ।

भर्खरै