नेपालको राजनीतिक उतारचढाव, दलहरूको भूमिका र जेन–जी पुस्ताको आवाज स् अब नेपाल कुन बाटो हिँड्ने ?
संवेग बस्नेत नेपालको राजनीति कुनै शान्त नदीजस्तो कहिल्यै रहेन। यो त कहिले उर्लिएको भेल, कहिले सुक्दै गएको खोलाजस्तै बनिरह्यो। राणा शासनदेखि गणतन्त्रसम्म आइपुग्दा जनताले धेरै सपना देखे, धेरै त्याग गरे। तर प्रश्न उही छ — के हामीले चाहेको नेपाल बन्यो त ? राजनीतिक उतारचढाव परिवर्तन धेरै, परिणाम थोरै २०४६ सालको जनआन्दोलनले बहुदलीय व्यवस्था ल्यायो। २०६२-६३...