April 16, 2026, Thursday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

डिजेल र मट्टितेलको मूल्य ३० रुपैयाँले वृद्धि

बैशाख २, २०८३

35

नेपाल आयल निगमले डिजेल, मट्टितेल तथा आन्तरिक हवाई इन्धनको मूल्य वृद्धि गरेको छ। निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य बिहीबार बिहान १२ बजेदेखि लागू हुनेछ।

नयाँ समायोजनअनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ भने आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरिएको छ। पेट्रोलको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।

मूल्य वृद्धि पछि पहिलो वर्गका क्षेत्रमा डिजेल र मट्टितेलको खुद्रा मूल्य प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा पुगेको छ। दोस्रो वर्गमा यसको मूल्य २३६ रुपैयाँ र तेस्रो वर्गमा २३७ रुपैयाँ कायम गरिएको छ।

यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २५१ रुपैयाँबाट बढेर २५६ रुपैयाँ पुगेको छ।

Screenshot

भर्खरै