January 15, 2026, Thursday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

बालुवाटार वार्ता सफलस् प्रसाईं समूहले नेपाल बन्द र आमहड्ताल स्थगित गर्‍यो

मंसिर ७, २०८२

170

काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान ले भोलिदेखि लागू गर्ने भनिएको नेपाल बन्द र अनिश्चितकालीन आम हड्ताल फिर्ता लिएको छ।

शनिबार बालुवाटारमा सरकार र महाअभियानका प्रतिनिधिबीच भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेपछि आन्दोलनका कार्यक्रम रोकिएको हो।

वार्तामा महाअभियानले अघि सारेका २७ बुँदे मागबारे विस्तृत रूपमा छलफल गर्दै समाधानका लागि निरन्तर संवादमार्फत अघि बढ्ने सहमति बनेको छ। सहमति पत्रअनुसार सरकार हालको शान्ति–सुरक्षा स्थिति र नागरिक चासोलाई प्राथमिकतामा राखेर महाअभियानले उठाएका विषयहरू सम्बोधन गर्न निरन्तर वार्ता, छलफल र सहजीकरणमा रहने प्रतिवद्ध भएको उल्लेख छ।

वार्तामा महाअभियानतर्फ सचिव प्रेमदीप लिम्बुको नेतृत्वमा अधिवक्ता विनोदमणि भट्टराई, लवण न्यौपाने तथा डा। निराजन प्रसाईं सहभागी थिए।
सरकारतर्फ गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायत सहभागी रहेका थिए।

भर्खरै