कांग्रेसको महाधिवेशन २०८२ को मङ्सिरभित्र नहुने !
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले २०८२ मङ्सिरभित्र कांग्रेसको १५औँ महाधिवेशन नहुने स्पष्ट पारेका छन् । नेपाल प्रेस युनियन सिरहा शाखाले बिहीबार (२८ चैत) लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तयारी नपुगेकाले पार्टीको आगामी महाधिवेशन समयमै नहुने बताए । ‘महाधिवेशनका लागि अहिलेसम्म सचिवालय पनि गठन भएको छैन । सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा ढिलाइ...