January 13, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

नेपालमा नयाँ मतदाता थपिँदै, संख्या १ करोड ९० लाख नाघ्यो

मंसिर ७, २०८२

175

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै देशभर मतदाता नामावली दर्तामा उत्साहजनक वृद्धि भएको छ। निर्वाचन आयोगका अनुसार हालसम्म ८ लाख ३७ हजार ९४ नागरिकले नयाँ मतदाता दर्ताका लागि आवेदन दिएका छन्।

सरकारले अध्यादेशमार्फत नामावली दर्ता प्रक्रिया सक्रिय बनाएपछि दर्तामा उल्लेखनीय वृद्धि भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। पहिलो चरणमा कात्तिक ३० गतेसम्म तोकिएको समय सरकारको प्रस्तावमा मंसिर ५ गतेसम्म थपिएको थियो।

अनलाइन र राष्ट्रिय परिचयपत्रमार्फत दर्ता

आयोगको पोर्टलमार्फत ३ लाख ४४ हजार ९१४ जना दर्ता भएका छन्।

  • पुरुष: १,९२,८९०

  • महिला: १,५१,९८०

  • अन्य: ४४

त्यस्तै, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमार्फत ४ लाख ९२ हजार १८० ले नामावली दर्ता गरेका छन्।

  • पुरुष: २,८०,३६५

  • महिला: २,११,७९८

  • अन्य: १७

राष्ट्रिय परिचयपत्र भएका नागरिकले बायोमेट्रिक लिन नपर्ने भएकाले दर्तामा झनै चहलपहल देखिएको आयोगको भनाइ छ। लगभग ५५ दिनमा आयोगको पोर्टलमार्फत दर्ताभएको संख्याभन्दा पञ्जीकरण विभागमार्फत एक सातामै १ लाख ५० हजार बढी नागरिक थपिएका छन्।

कुल मतदाता संख्या १ करोड ९० लाख पुग्यो

नयाँ दर्तासँगै देशभर कुल मतदाता संख्या १ करोड ९० लाख ५ हजार ३२४ पुगेको आयोगले जनाएको छ। यसअघि मतदाता संख्या १ करोड ८१ लाख ६८ हजार २३० थियो।

दाबी–विरोधका लागि पुनः समय खुला

आयोगले मंसिर २१ देखि २७ गतेसम्म दाबी–विरोध तथा नाम संशोधनका लागि निवेदन दिन आग्रह गरेको छ। यस अवधि भित्र दोहोरो नाम, मृतक, नागरिकता त्याग गरेका व्यक्तिको नाम हटाउने लगायतका निवेदन छानबिन गरी पुस १५ गते अन्तिम मतदाता नामावली सार्वजनिक गरिने आयोगले जनाएको छ।

भर्खरै