


धादिङ । होटल व्यवसायिक महासंघ नेपालको १३औँ साधारण सभा तथा ५औँ अधिवेशनबाट धादिङ होटल संघका प्रतिनिधिहरू केन्द्रीय तहमा निर्विरोध निर्वाचित भएका छन्।
अधिवेशनबाट धादिङको तर्फबाट सन्तोष कुमार थापा केन्द्रीय सचिवमा निर्वाचित भएका छन् भने सूर्य थापा र हरिशरण पाण्डे केन्द्रीय सदस्यमा चयन भएका छन्।
उनीहरूको निर्विरोध चयनले धादिङको होटल व्यवसाय क्षेत्रमा नयाँ उत्साह थपिएको छ। साथै, महासंघमा धादिङको प्रतिनिधित्व अझ सशक्त बन्ने अपेक्षा गरिएको छ।











