April 15, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

ट्रम्पका अनुसार नयाँ चरणको वार्ता “केही दिनमै” पाकिस्तानमा हुन सक्छ

बैशाख २, २०८३

20

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग फेरि पाकिस्तानमा चाँडै वार्ता हुने संकेत गरेका छन्। मंगलबार न्यु योर्क पोस्टसँग उनले अमेरिका र इरानबिच ‘आगामी दुई दिनमा’ पुनः वार्ता सुरु हुन सक्ने बताएका हुन्।

उनले भनेका छन्, ‘आगामी दुई दिनमा केही हुन सक्छ र हामी त्यहाँ (पाकिस्तान) जान इच्छुक छौँ।’ यसअघि गत शनिबार पाकिस्तानको इस्लामाबादमा अमेरिका र इरानबिच २१ घण्टा लामो वार्ता भए पनि निष्कर्षविहीन भएको थियो।

जुन वार्तामा अमेरिकाका तर्फबाट उपराष्ट्रपति जेडी भान्स र इरानबाट संसद्‌का सभामुख मोहम्मद बाकर कालिबाफले नेतृत्व गरेका थिए। यसअघि मंगलबार इरानको सरकारी सञ्चारमाध्यमले पनि इरान र पाकिस्तानबिच सन्देश आदानप्रदान भएको तर अमेरिकासँग थप वार्ताबारे ‘कुनै जानकारी’ नभएको उल्लेख गरेको थियो।

भर्खरै