March 11, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

नेपाल तरूण दलको पाँचौँ महाधिवेशन आगामी मङ्सिरमा हुने

भदौ २, २०८२

455

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको पाँचौँ महाधिवेशन आगामी मङ्सिरमा हुने भएको छ ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङका अनुसार आगामी मङ्सिर २६ देखि २८ गतेसम्म पाँचौँ राष्ट्रिय महाधिवेशन गर्न लागिएको हो । लामो समयदेखि तरूण दलको महाधिवेशन हुन नसकेकाले कांग्रेसले निर्देशन समिति बनाएको थियो ।

तरुण दलले भदौभित्र दलको पूर्ण सदस्यता वितरण गरी वडा र पालिकाको अधिवेशन सम्पन्न गर्ने, दलको केन्द्रीय कार्यालयबाट पूर्ण सदस्यता स्वीकृत गर्ने र क्षेत्रीय एवं जिल्ला अधिवेशन प्रतिनिधि अनुमोदन गर्ने जनाइएको छ ।

यस्तै, कात्तिक २० गतेभित्र प्रदेशसभा निर्वाचन क्षेत्र र सङ्घीय निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्ने, कात्तिक मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, मङ्सिर १० गतेभित्र सातै प्रदेशको अधिवेशन सम्पन्न गर्ने र मङ्सिर २६, २७ र २८ गते राष्ट्रिय महाधिवेशन सम्पन्न गरिने अध्यक्ष गुरुङले एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

भर्खरै