April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

सरकारी कर्मचारीको तलब अब महिनामा दुई पटक दिने तयारी

बैशाख ६, २०८३

25

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब भुक्तानी प्रणालीमा परिवर्तन गर्ने तयारी गरेको छ । प्रस्तावअनुसार अब कर्मचारीहरूले मासिक तलब एकमुष्ट नभई महिनामा दुई पटक पाउने व्यवस्था गरिने भएको छ ।

यस व्यवस्थाले कर्मचारीलाई आर्थिक व्यवस्थापनमा सहजता हुने तथा दैनिक खर्च व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरिएको छ । हालसम्म सरकारी कर्मचारीलाई महिनामा एकपटक मात्र तलब उपलब्ध हुँदै आएको छ ।

सरकारले वित्तीय व्यवस्थापन सुधार, डिजिटल भुक्तानी प्रणाली विस्तार तथा कर्मचारीमैत्री नीति अन्तर्गत यस्तो व्यवस्था अघि बढाउन लागेको स्रोतले जनाएको छ ।

भर्खरै