सांसद इन्दिरा गिरीलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले रिटको अन्तिम टुंगो नलागेसम्म गिरीलाई प्रदेश सांसदको हैसियतले काम गर्न रोक नलगाउन अन्तरिम आदेश गरेको हो । नागरिक उन्मुक्ति पार्टीबाट समानुपातिक सांसद बनेकी गिरीलाई पार्टीले फिर्ता बोलाउने निर्णय गरेअनुसार...