


नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय धादिङ अगाडि कोणसभा तथा प्रदर्शन गरेको छ।
आइतबार आयोजित कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताहरूको सहभागितामा नाराबाजीसहित विरोध प्रदर्शन गरिएको थियो। प्रदर्शनपछि प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीमार्फत सरकारलाई सम्बोधन गरिएको विरोधपत्र समेत बुझाएको जनाएको छ।
कोणसभामा वक्ताहरूले ओलीको पक्राउप्रति आपत्ति जनाउँदै त्यसलाई राजनीतिक रूपमा प्रेरित कदम भएको आरोप लगाएका छन्। उनीहरूले कानुनी प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्नेमा जोड दिँदै तत्काल रिहाइको माग गरेका छन्।











