नाइजेरियामा बाढी आएपछि कम्तीमा २ सय ७४ जना कैदी भागे
नाइजेरियाको बोर्नो राज्यमा आएको भीषण वर्षापछि कम्तीमा २ सय ७४ जना कैदी भागेको नाइजेरियन करेक्सनल सर्भिसले आइतबार जानकारी दिएको छ । सर्भिसका प्रवक्ता अबुबकर उमरले दिएको जानकारी अनुसार बाढीले कारागारका पर्खालहरू ढलेका थिए । उमरका अनुसार सुरक्षित स्थानमा सार्ने क्रममा २ सय ८१ कैदीहरू भागेका थिए । जसमध्ये ७ जनालाई पछि पक्राउ गरिएको थियो ।...