April 25, 2026, Saturday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

निगालोमा भविष्य बुन्दै: उत्तरी धादिङका महिला

बैशाख ११, २०८३

30

धादिङ । उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–१ किचेत गाउँमा स्थानीय महिला निगालोको थुन्से (डोको) उत्पादनमा व्यस्त छन्। परम्परागत रूपमा हुँदै आएको यो सीप अहिले गाउँका धेरै परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ।

थुन्से आकारअनुसार फरक मूल्यमा बिक्री हुने गरेको छ। सानो आकारको थुन्से करिब २०० रुपैयाँमा बिक्री हुने भने ठूलो आकारको ५०० रुपैयाँसम्म पुग्ने स्थानीय बताउँछन्। विगतको तुलनामा मूल्य बढेको र यसबाट आफूहरू सन्तुष्ट रहेको उनीहरूको भनाइ छ।

दैनिक रूपमा एक जनाले १० देखि १५ वटासम्म थुन्से उत्पादन गर्न सक्ने बताइएको छ। यसले महिलाहरूलाई घरमै बसेर आम्दानी गर्ने अवसर दिएको छ र परम्परागत सीपको संरक्षणमा समेत योगदान पुर्‍याएको छ।

यद्यपि, उत्पादनको दिगो बजार अभाव, उचित मूल्य निर्धारण तथा ब्राण्डिङ नहुँदा अपेक्षित लाभ लिन नसकिएको गुनासो छ। स्थानीय तह र सम्बन्धित निकायले यस्ता सीपलाई प्रोत्साहन गर्दै बजारीकरणमा जोड दिन सके ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

भर्खरै