जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाको समन्वयमा सुकुम्वासी बस्ती भत्काउन पाँचवटा डोजरसहित अन्तिम तयारी गरिएको छ ।
बिहान ७ बजेदेखि नै थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउने तयारी गरिएको हो । काठमाडौं महानगरपालिका नगर प्रहरी बलका अनुसार, बस्तीका घरटहरामा डोजर चलाइ साइट क्लियर गरिनेछ । दुईदिन भोलि र पर्सि सबै भत्काएर सकाउने योजना हो ।
पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल-गैरिगाउँ क्षेत्रमा डोजर चलाउने तयारी छ । प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमणकारी र वास्तविक सुकुम्वासी पहिचान गरी वास्तविक सुकुम्बासीलाई जग्गा वितरण गर्ने प्रतिवद्वता जनाइसकेका छन् ।
नेपाल प्रहरीले बिहानैदेखि कडा सुरक्षा दिने महानगरले जनाएको छ ।