April 22, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

सहकारी पीडितको रकम फिर्ता गराउन मन्त्रालय सक्रिय

बैशाख ९, २०८३

15

सहकारीका बचतकर्ताको निक्षेप फिर्ताका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सक्रिय बनेको छ ।

समस्याग्रस्त सहकारी संस्थाबाट रकम असुली गरी पीडित बचतकर्ताको निक्षेप फिर्ता गर्ने विषयमा केन्द्रित रहेर बुधवार बिहान मन्त्रालयले चार्टर्ड एकाउन्टेन्टहरुसँग छलफल गरेको छ ।

त्यसलगत्तै महान्यायाधिवक्ता नारायणदत्त कडेल र केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख एआज्ञजी मनोज केसीसँग पनि मन्त्रालयले परामर्श गरेको छ । मन्त्री प्रतिभा रावल र मन्त्रालयका टोलीसँगको छलफलमा महान्यायाधिवक्ता कडेलले सहकारीसँग सम्बन्धित मुद्दाहरूको अदालती प्रक्रियाको अवस्थाबारे जानकारी गराएका थिए । यस्तै, एआईजी केसी अनुसन्धान प्रक्रियाबारे जानकारी गराएका थिए ।

छलफलपछि महान्यायाधिवक्ता कडेल र एआईजी केसीले समस्याग्रस्त सहकारीमा अड्किएको रकम असुली प्रक्रियालाई तीव्रता दिन आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।
महान्यायाधिवक्ता कडेलले बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियामा देखिने कानुनी जटिलता समाधान गर्न महान्यायाधिवक्ताको कार्यालयले विशेष भूमिका खेल्ने बताए ।

भर्खरै