April 22, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

बैशाख ९, २०८३

15

गृहमन्त्री सुधन गुरुङले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै २०८२ चैत १३ गतेदेखि इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गरेका छन्।

पछिल्ला दिनमा आफ्नो शेयरसम्बन्धी विषयमा उठेका प्रश्न, टिप्पणी र बढ्दो जनचासोलाई ध्यानमा राख्दै उनले पदबाट अलग हुने निर्णय लिएको बताएका छन्।

गुरुङले पदभन्दा ठूलो कुरा नैतिकता र जनविश्वास भएको उल्लेख गर्दै देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग बलियो हुँदै गएको बताएका छन्। ‘सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ र नेतृत्व उत्तरदायी हुनुपर्छ,’ उनले भनेका छन्।

साथै, आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र त्यसमा कुनै प्रभाव नपरोस् भन्ने उद्देश्यले तत्काल लागू हुने गरी राजीनामा दिएको उनले स्पष्ट पारेका छन्।

भर्खरै