April 25, 2026, Saturday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

अनधिकृत संरचना हटाउँदा मानवीय संवेदना पहिलो प्राथमिकताः सुनिता डंगोल

बैशाख १२, २०८३

15

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक जग्गा संरक्षण र अनधिकृत संरचना हटाउने अभियानमा महानगरपालिकाले मानवीय मूल्य र मान्यतालाई आत्मसात् गर्ने स्पष्ट पारेकी छिन् ।

उनले सामाजिक सञ्जालमार्फत सरकारको निर्णय र जिल्ला प्रशासन कार्यालयको अनुरोधमा भइरहेका कार्यहरूमा महानगरले सहयोगी भूमिका खेल्ने स्पष्ट पार्दै यही वैशाख ११ गते काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाका सदस्यहरुबीच भएको छलफलको मार्ग निर्देशनलाई दृष्टिगत गरी धारणा सार्वजनिक गरेको बताएकी छिन् ।

उनले संरचना हटाउने क्रममा मानवीय मर्यादाको पूर्ण पालना, ज्येष्ठ नागरिक, बिरामी, गर्भवती महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूको विशेष ख्याल राख्नुका साथै सकेसम्म विवादरहित, सुरक्षित र न्यायपूर्ण तवरले व्यवस्थापन गर्ने र कानुन तथा न्याय प्रतिकूल नहुने गरी गर्न काठमाडौं महानगरपालिकाको अधिकतम प्रयास र सहयोग रहने स्पष्ट पारेकी छिन् ।

कार्यवाहक प्रमुख डंगोलले महानगरपालिकाले सरकारी, ऐलानी, पर्ति र सामुदायिक जग्गा संरक्षण गर्दा कानुन र न्यायको प्रतिकूल नहुने गरी अधिकतम प्रयास गरिरहेको पनि जनाएकी छिन् ।

उनले यो अभियानलाई सफल बनाउन सरोकारवाला निकाय, पदाधिकारी र सर्वसाधारण सबैलाई आवश्यक सहयोग र समन्वयका लागि हार्दिक अनुरोध समेत गरेकी छिन् ।

भर्खरै