April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

बैशाख ५, २०८३

20

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सुनसरीको दुहवीस्थित एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्राइभेट लिमिटेडसँग दुई लाख रुपैयाँ जरिवाना गराएको छ ।

विभागकी प्रवक्ता डा.बालकुमारी शर्माका अनुसार उक्त उद्योगबाट उत्पादित डाइजेस्टिभ नट नामको बिस्कुटमा रौं परेको भन्ने उजुरी प्राप्त भएको थियो ।

उजुरीको आधारमा उद्योगको कारखानामा अनुगमन गरिएको थियो । विभागले उपभोक्ता संरक्षण ऐनअनुसार दुई लाख रुपैयाँ जरिवाना गराएको जनाएको छ । न्युज एजेन्सी

भर्खरै