


नेपालले फिफा सिरिज–२०२६ नखेल्ने भएको छ । फिफा तालिकाअनुसार अप्रिल १२ र १५ मा नेपाली महिला टोलीले थाइल्यान्डमा ४ देशीय सिरिज खेल्ने तालिका थियो ।
तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट निलम्बनमा परेपछि नाम फिर्ता लिइएको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले जानकारी दिए ।
सिरिजका लागि एन्फाले चैत ११ गते ३२ खेलाडीको प्रारम्भिक टोलीको घोषणा गरेको थियो । सोही दिन राखेपबाट निलम्बनमा परेपछि खेलाडीहरूको क्याम्पसमेत हुन सकेको थिएन ।











