April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

भारतीय एयरलाइन्सद्वारा मध्यपूर्वमा उडानहरू पुनः सुरु

फाल्गुन १९, २०८२

150

भारतीय एयरलाइन्सले युद्वका कारण मध्य पूर्वका देशहरुमा रोकिएका हजारौं यात्रुहरूलाई स्वदेश फर्काउनका लागि सीमित व्यावसायिक सेवाहरू पुनः सुरु गर्ने जनाएको छ ।

लाखौँ दक्षिण एसियाली नागरिकहरू मध्यपूर्वका विभिन्न देशहरुमा रोजगारीको शिलशिलामा वसोवास गर्दै आएको जनाइएको छ । यसैगरी इन्डिगोले भने मध्यपूर्वका देशहरू बीचको हवाई सेवा सञ्चालनलाई क्रमिक रूपमा सामान्य बनाउदै लैजाने जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बहराइन, साउदी अरेबिया र जोर्डनसहित मध्यपूर्वका धेरै नेताहरूसँग फोनवार्ता गरेको जनाउँदै सामाजिक सञ्जालमा मार्फत भारतीय नागरिकको संरक्षणको लागि सहयोगी भूमिका खेलिदिएकोेमा धन्यवाद व्यक्त गर्नु भएको छ ।

आक्रमणमा अबु धाबीमा एकजना नेपाली र बहराइन र संयुक्त अरब इमिरेट्समा दुई बंगलादेशीसहित धेरै दक्षिण एसियाली नागरिकको मृत्यु भएको जनाइएको छ । प्रधानमन्त्री मोदीले सोमबार आफ्ना इजरायली समकक्षी बेन्जामिन नेतान्याहुसँगसमेत फोनवार्ता गरी हालैको घटनाक्रमको बारेमा चिन्ता व्यक्त गरेको र आफ्ना नागरिकको सुरक्षा प्राथमिकता बारे जानकारी लिएको जनाइएको छ । एजेन्सी

भर्खरै