


कैलालीको धनगढी उपमहानगरपालिका-२ मिलनचोकस्थित एक होटलबाट पाँच किलो ६९० ग्राम चरेशसहित होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
बझाङको बुङ्गल नगरपालिका-८ घर भई हाल धनगढी-२ स्थित जयराम होटल एण्ड लज रेस्टुराँका सञ्चालक राम बोहरालाई उक्त परिमाणको चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिएका छन् ।
बताइएअनुसार बोहराको होटलमा शङ्का लागी चेकजाँच गर्दा चरेश फेला परेकाले निजलाई नियन्त्रणमा लिइएको हो ।
त्यसैगरी जिल्लाका विभिन्न स्थानबाट चार ग्राम ९० मिलिग्राम खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक जोशीले बताएका छन् । आवश्यक कारबाहीको लागि उनीहरूलाई यस कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।











