


बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आदिवासी जनजाति समुदायको भाषा संरक्षण वर्तमान समयको आवश्यकता भएको बताएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् चितवनले आयोजना गरेको ३०औँ विश्व आदिवासी दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले भाषा साहित्यमा धनी समुदाय भएर पनि यसको संरक्षण हुन नसक्दा भाषा लोप हुने अवस्थामा आइपुगेको बताएका हुन् ।
एउटा समुदायको भाषा अर्को समुदायले प्रष्ट नबुझ्दा कतिपय नामथर र स्थानको नाम बिग्रिएको बताउँदै त्यसका लागि आदिवासी जनजातिका भाषालाई गैरआदिवासी जनजातिलाई पनि बुझाउन आवश्यक रहेको उनले बताए ।











