


गृहमन्त्री रवि लामिछानेले औषधि, रिसर्च र उद्योगजन्य प्रयोगका लागि गाँजा उत्पादन सहज गर्न एक महिनाभित्र नियमावली बनाउने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबारको बैठकमा उनले यस्तो बताएका हुन् ।
मन्त्रिपरिषद्मा प्रस्ताव लगेर एक महिनाभित्र नै अध्ययन अनुसन्धानका लागि गाँजा उत्पादन खुला गर्न सहजता दिने उनले बताए । “छलफल र आवश्यकताका बारेमा पर्याप्त अध्ययन र अनुसन्धान भएको परिपेक्षमा अब हामीले दुविधा राख्नुपर्ने अवस्था मैले देखेको छैन,” उनले भने, “एक महिना भित्र हामी नियमावली बनाउँछौँ ।”











