April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

सुनको मूल्य तोलाको एक लाख ४५ हजार

जेष्ठ २५, २०८१

795

स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु. एक हजारले बढेको छ । बिहीबार प्रतितोला रु एक लाख ४४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ४५ हजार मूल्य  निर्धारण भएको छ । यो हालसम्मकै उच्च विन्दु हो ।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ४३ हजार तीन सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा रु ५० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार आठ सय ५० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय निर्धारण भएको छ ।

भर्खरै