April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

पेट्रोलियम पदार्थ उत्खननको प्रगतिबारे मन्त्री भण्डारीलाई जानकारी

बैशाख १०, २०८१

1.8K

दैलेखको पञ्चकोशीमा पेट्रोलियम पदार्थ उत्खननका लागि भइरहेको प्रगतिबारे चिनियाँ पक्षले उद्योग, वातावरण तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई आज जानकारी गराएको छ ।

पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेश नापितका अनुसार चिनियाँ सरकारको ‘जिओलोजिकल सर्वे कम्पनी’का परियोजना प्रमुख डा याङ पिङले कामका प्रगतिबारे मन्त्री भण्डारीलाई जानकारी गराउनुभएको हो । सो टोलीले अन्तिम चरणको ‘ड्रिलिङ’ कार्य सुरु गर्ने जानकारी गराएको छ ।

सो टोलीले सन् २०१९ देखि हालसम्मका कामका बारेमा जानकारी गराउँदै दैलेखमा पेट्रोलियम पदार्थको सम्भावना उच्च रहेको जनाएको छ । त्यसको पुष्टि हुने परिमाण र गुणस्तरबारे जानकारी प्राप्त हुन बाँकी रहेको अन्वेषण परियोजना प्रमुख नापितले बताउनुभयो ।

मन्त्री भण्डारीलाई जानकारी गराउने टोलीमा चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीका सर्वेक्षण उपमहानिर्देशक डा मुको नेतृत्व सहितको विज्ञ समूह सहभागी थिए । जानकारी लिइसकेपछि मन्त्री भण्डारीले चिनियाँ सरकारको सहयोगको सराहना गर्दै आगामी दिनमा नेपालमा यस्ता क्षेत्रमा लगानी बढ्नेमा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले दैलेखको पेट्रोलियम पदार्थ उत्खननका लागि भइरहेको प्रगति अत्यन्त उत्साहजन रहेको जानकारीले सरकारलाई उत्साहित बनाएको प्रतिक्रिया दिनुभयो । साथै उहाँले सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो । रासस

भर्खरै