


हवाई इन्धन मूल्य दोब्बरले बढेसँगै हवाई उडान भाडा भारी वृद्धि भएको छ । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार योसँगै हवाई भाडाको मुल्य बृद्धि गरेको हो । यससँगै चितवनको भरतपुरदेखि काठमाडौँ गएको हवाई भाडा पाँच हजार ९७३ रुपैयाँ २० पैसा पुगेको छ । यसअघि भरतपुरदेखि काठमाडौँ सम्मको भाडा ४ हजार ६ सय रुपैयाँ रहेको थियो । उत्ता भरतपुर- पोखराको ६ हजार १७३ रुपैयाँ कायम गरिएको छ ।
काठमाडौं – भद्रपुर न्यूनतम ९ हजार ९८९दशमलव २ रुपैयाँ र अधिकतम १५ हजार ८ सय ३७ पुगेको छ । त्यस्तै काठमाडौं-विराटनगरको न्यूनतम ८ हजार ८८ दशमलव ९ रुपैयाँ र अधिकतम १२ हजार ७ सय ६५, काठमाडौं जनकपुर न्यूनतम ५ हजार ५ सय ६५ र अधिकतम ७ हजार ७० कायम भएको छ । काठमाडौं-पोखरा रुटको न्यूनतम ५ हजार १५ र अधिकतम ८ हजार ६ सय ५ कायम भएको प्राधिकरणले जनाएको छ ।
यसैगरी काठमाडौं- भैरहवा रुटको न्यूनतम ७ हजार ६ रुपैयाँ र अधिकतम ११ हजार १६ पुगेको छ । काठमाडौं-नेपालगन्ज भाडा न्यूनतम १० हजार ८ सय र अधिकतम १७ हजार १ सय ४८ पुगेको छ ।











