April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

सिकार खेल्न गएका ६ जना सम्पर्कविहीन

चैत्र २, २०८२

80

सिकार खेल्न भन्दै बर्दिया राष्ट्रिय निकुञ्जतर्फ हिँडेका सुर्खेतको बराहताल गाउँपालिका-१ ज्यामिरेका पाँच र लेकबेसी नगरपालिका-८ गङ्गटेका एक गरी ६ व्यक्ति नौ दिनदेखि सम्पर्कविहीन भएका छन् ।

सिकार खेल्न जानेहरूमा ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ३० वर्षीय सुनिल समसेली, ३३ वर्षीय टोपबहादुर खत्री, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती र गङ्गटेमा घर भइ हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिंजाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिएअनुसार यही फागुन २३ गते सिकार खेल्न भनी घरदेखि १७ किलोमिटर दक्षिणमा पर्ने निकुञ्जतर्फ गएको र सँगै गएकामध्ये टोपबहादुर खत्रीको मृत्यु भएको मृतकका भिनाजु आसे महताराले जनाएका छन् । महताराले प्रहरी चौकी रानीघाट सुर्खेतमा सोमबार (२ चैत) बिहान सम्पर्कविहीन व्यक्तिबारे जानकारी दिएको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बुढ्थापाले बताएका छन् ।

जानकारी प्राप्त भएसँगै सत्यतथ्य बुझ्नका लागि प्रहरी सहायक निरीक्षक टोपेन्द्रसिंह ठकुरी नेतृत्वमा चार जनाको प्रहरी टोली घटनास्थल पुगेर खोजतलास गरिरहेको र खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय बर्दियालाई समेत जानकारी गराइएको सुर्खेत प्रहरीले जनाएको छ ।

भर्खरै