April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

आज मनसुन सक्रिय रहने मौसमविदको पूर्वानुमान

भदौ ११, २०८२

620

आज मनसुन सक्रिय रहने मौसमविदले पूर्वानुमान गरेका छन् । केही दिनयता चर्को घाम लागेकोमा आज देशभर साधारणतया बदली हुने धेरैजसो ठाउँमा मध्यम वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

भोलि र पर्सि भने गण्डकीदेखि पश्चिमका भूभागमा अलि बढी पानी पर्ने सम्भावना रहेको पूर्वानुमान गरिएको छ । कुनै–कुनै ठाउँमा भारी वर्षा पनि हुन सक्ने बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख भए अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायतका पहाडी भूभागका केही स्थानहरू र बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक÷दुई स्थानमा भने भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरिएको छ ।

आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक÷दुई स्थानमा भने भारी वर्षा पनि हुन सक्ने छ ।

भर्खरै