February 11, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

सुदूरपश्चिम प्रदेशसभा : मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्न एमाले संसदीय दलको ह्विप

साउन १४, २०८२

665

सुदूरपश्चिम प्रदेशसभा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहले लिने विश्वासको मतका पक्षमा मत दिन आफ्ना प्रदेशसभा सदस्यलाई ‘ह्विप’ जारी गरेको छ ।

संसदीय दलको कार्यालय धनगढीमा बसेको बैठकपछि बिहीबार (१५ साउन) बस्न लागेको प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्री शाहले पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न र तटस्थ नबस्न ह्विप जारी गरिएको सो दलका प्रमुख सचेतक चक्रबहादुर मल्लले जानकारी दिएका छन् ।

नेपाली कांग्रेस संसदीय दलले दलका नेता एवं मुख्यमन्त्री शाहले पेस गर्ने विश्वासको मतका पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय यसअघि नै गरेको थियो ।

सरकारमा सहभागी दल नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले गत असार २० मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीबाट प्रदेशसभाबाट विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

भर्खरै