April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

इजरायली आक्रमणमा १९ जना प्यालेस्टिनीको मृत्यु

साउन ७, २०८२

450

इजरायली सेनाले गाजा शहरमा एक परिवारको विरुद्धमा गाजापट्टीको अल बुरेज शरणार्थी शिविर र दक्षिणको राफाह शहरमा हवाई आक्रमण गर्दा १९ जना प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको जनाइएको छ ।

गाजा शहरको उत्तरपश्चिमी भागमा इजरायली लडाकु विमानले एउटा घरलाई निशाना बनाई आक्रमण गरेपछि ६ जना बालबालिकासहित उनीहरुको मृत्यु भएको र अन्य घाइते भएको चिकित्सा स्रोतहरूले बताएका छन् ।

स्थानीय स्रोतले बताएअनुसार इजरायली लडाकु विमानले गाजा शहरको उत्तरपश्चिमस्थित आवासीय घरमा प्रहार गरेको बम घटनास्थलमा पुगेको एम्बुलेन्समा लागेपछि ठूलो सङ्ख्यामा मानिसहरुको आक्रमणको सिकार भएको जनाइएको छ ।

गाजा शहरको दक्षिणपूर्वी भागमा रहेको अल जायतुनमा रहेको सालाह अल दिन मस्जिद पछाडिको घरमा भएको अर्को हवाई आक्रमणबाट पनि मानिसहरू घाइते भएको जनाइएको छ ।

भर्खरै