


धादिङ। धादिङको ज्वालामुखी गाउँपालिकाले असार १५ को अवसर पारेर ५८ जना कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । खेतीपातीलाई सहज बनाउनका लागि गाउँपालिकाले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर ( मिनीटिलर ) वितरण गरेको हो ।
किसानलाई खेती गर्न सजिलो होस् भनेर कुल ५८ जना कृषकलाई मिनी तथा पावर टेलर अनुदानमा वितरण गरिएको गाउँपालिका अध्यक्ष यामनाथ दनैले बताए ।
कृषि पेसालाई सरल र सहज बनाउन किसानलाई ट्याक्टर दिएको अध्यक्ष दनैले बताए । कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ नीति कार्यक्रम बनाई काम गरिरहेको उनले बताए ।
किसानका हितका लागि “ ज्वालामुखी गाउँपालिका किसानका लागि हरेक काम गदै आएको उनको भनाई छ “।
पछिल्लो समय कृषिमा हाते ट्याक्टरको प्रयोग बढ्दो छ ।











