April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

नौबिसे-मलेखु सडकखण्ड असार ८ र ९ गते राति बन्द हुने

असार ८, २०८२

615

पृथ्वी राजमार्गअन्तर्गत नौबिसे-मलेखु सडकखण्ड असार ९ गतेसम्म रातको समयमा बन्द हुने भएको छ । राति १०ः३० बजेदेखि बिहान ३ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन यस सडक खण्डमा सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय धादिङले सूचनामार्फत सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ ।

नौबिसे–मलेखु सडक खण्डस्थित धादिङको गजुरी गाऊँपालिकाअन्तर्गत गलौँदी खोलामा आरसीसी बिम राख्ने काम गर्न बाँकी रहेका कारण असार ८ देखि ९ गतेसम्म २ दिन रातको समयमा सवारीसाधन आंशिक रूपमा बन्द हुने नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड)का योजना प्रमुख केशवप्रसाद ओझाले जानकारी दिए ।

भर्खरै