April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

एयर इन्डियाको विमान अहमदावादमा दुर्घटनाग्रस्त

जेष्ठ २९, २०८२

710

एयर इन्डियाको यात्रुवाहक विमान अहमदावाद (भारत)मा दुर्घटनाग्रस्त भएको छ । विमानमा २४२ यात्रु सवार रहेका बताइएको छ ।

पीटीआईले जनाएअनुसार अहमदाबाद विमानस्थलनजिकैको मेघनानगर क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको हो । अहमदाबादबाट लन्डनको ग्याटविक विमानस्थलका लागि उडान भरेको बी७८७ ड्रीमलाइनर विमान आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको जनाइएको छ ।

एयर इन्डियाले आफ्नो एक्स अकाउन्टमा दुर्घटनाको पुष्टि गर्दै लेखेको छ– ‘अहमदाबाद–लन्डन ग्याटविक उडान नम्बर एआई१७१ आज, १२ जुन २०२५ मा दुर्घटनाग्रस्त भयो ।’

एयर इन्डिया टाटा समूहको कम्पनी हो ।

विमान स्थानीय समयअनुसार दिउँसो १ः३८ बजे उडेको थियो र उडान भरेको पाँच मिनेटपछि नै दुर्घटनाग्रस्त भएको थियो । विमानका विमानमा २३० वयस्क यात्रु, दुई नवजात शिशु र १० जना चालकदलका सदस्य सवार थिए । एयरलाइन्सका अनुसार दुर्घटनाग्रस्त विमानमा १६९ भारतीय, ५३ बेलायती नागरिक, एक क्यानेडियन र सात डच नागरिक रहेका थिए ।

भर्खरै