April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले जेठ २८ गते विश्वासको मत लिने

जेष्ठ २५, २०८१

1.7K

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही जेठ २८ गते विश्वासको मत लिनुुहुने भएको छ ।

मुख्यमन्त्री पाण्डेले जेठ २८ गते दिउँसो ३।०० बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने प्रयोजनका लागि आज गण्डकी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराउनुुभएको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिनुभयो । विश्वासको मत लिने सम्बन्धमा प्रदेशसभा सचिवालयले सूचना जारी गरिसकेको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डे यही जेठ १६ गते मुख्यमन्त्री पदमा नियुक्त हुनुुभएको थियो । रासस

भर्खरै