May 17, 2024, Friday
२०८१ जेष्ठ ४Nepal 1:37:26 pm
Trending
शुभखबर संवाददाता

सुनको मूल्य तोलामा दुई हजारले वृद्धि

२०८१ बैशाख २०

230

स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा दुई हजारले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु. एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ३६ हजार पाँच सय निर्धारण भएको छ ।

यस्तै, बुधबार रु एक लाख ३३ हजार आठ सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ३५ हजार आठ सय ५० निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा रु १५ ले वृद्धि भएको छ । बुधबार प्रतितोला रु एक हजार छ सय ३० मा कारोबार भएको चाँदी बिहीबारका लागि भने रु एक हजार ६ सय ४५ निर्धारण भएको छ ।