May 6, 2024, Monday
२०८१ बैशाख २४Nepal 1:37:26 pm
Trending
शुभखबर संवाददाता

इजरायल र इरान तनावबारे राष्ट्रसंघ सुरक्षा परिषद्मा छलफल

२०८१ बैशाख ३

175

रुस र चीनले इजरायल र इरान दुवै संयमता अपनाउन आग्रह गरेका छन् । इजरायलमाथि इरानको जवाफी हमलापछि बसेको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा रुस र चीनले दुवै मुलुकलाई संयमता अपनाउन आग्रह गरेका हुन् ।

राष्ट्रसंघ सुरक्षा परिषद् बैठकमा इजरायल र इरानले भने एक-अर्काको सैन्य क्रियाकलापको आलोचना र भर्त्सना गरेका थिए । इरानले शनिबार सयौंको सङ्ख्यामा ड्रोन र मिसाइल प्रहार गरेको थियो ।

अप्रिल १ मा सिरियास्थित इरानी दूतावासमा इजरायली हमलामा इरानी उच्च सैन्य अधिकारीहरूको मृत्यु भएपछि इरानले प्रतिकार गरेको हो। यसअघि पनि सो क्षेत्रमा इरान र इजरायलका समर्थकहरुबीच मुठभेट हुँदै आएको थियो।  इजरायलले भने दूतावासमाथिको हमलामा आफ्नो संलग्नताबारे केही बताएको छैन ।

यसैबीच तेहरानले अब तनाव धेरै नबढाउने भन्दै आफ्नो कारबाही समाप्त भइसकेको जनाएको छ ।