May 6, 2024, Monday
२०८१ बैशाख २५Nepal 1:37:26 pm
Trending
शुभखबर संवाददाता

वैशाख १ देखि ठमेल र दरबारमार्ग चौबीसै घण्टा खुला गरिने

२०८० चैत्र २९

230

आगामी वैशाख १ गते अर्थात् नयाँ वर्षको दिनदेखि काठमाडौंका प्रमुख दुई पर्यटकीय स्थल ठमेल र दरबारमार्ग चौबीसै घण्टा खुला गरिने भएको छ ।

गृह मन्त्रालयको सुझावअनुसार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले संयुक्त रुपमा मापदण्ड बनाएर सुरक्षा व्यवस्था र समाजलाई असर नपर्ने गरी चौबीसै घण्टा व्यवसाय सञ्चालन गर्न लागेका हुन् । पर्यटकीय चहलपहल हुने क्षेत्र चौबीसै घण्टा खुला गर्दा शिथिल बनेको अर्थतन्त्र चालायमान बनाउन मद्दत पुग्ने ठमेल पर्यटन विकास परिषद्‌का अध्यक्ष भविश्वर शर्माले जनाए ।

हाल ठमेलमा आठ हजार पाँच सय व्यवसायी छन् । यहाँ सञ्चालित व्यवसायमा ६० हजारले रोजगारी पाएका छन् । दरबारमार्गमा दुई सय व्यवासयी छन् यहाँ सात हजारले रोजगारी पाएका छन् । अब ती क्षेत्र चौबीसै घण्टा खुले व्यवसायसँगै रोजगारी पनि बढ्ने अपेक्षा गरिएको छ ।