May 6, 2024, Monday
२०८१ बैशाख २५Nepal 1:37:26 pm
Trending
शुभखबर संवाददाता

इलाम–२ मा कांग्रेसबाट खड्काले गराए उमेदवारी दर्ता

२०८० चैत्र २४

245

इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनका निम्ति नेपाली कांग्रेसका तर्फबाट डम्बर खड्काले उमेदवारी दर्ता गराएका हुन् । उनी पार्टीको जिल्ला सभापति र गएको निर्वाचनमा सुवासचन्द्र नेम्वाङसँग पराजित नेता हुन् ।

उनीबाहेक उपनिर्वाचनका निम्ति इलाम–२ मा नेकपा (एमाले)का तर्फबाट सुहाङ नेम्वाङले उमेदवारी दर्ता गराएका छन् । उनलाइ नेकपा (माओवादी केन्द्र)ले पनि साथ दिएको छ ।

इलाम–२ मा सुवास नेम्वाङको निधनपश्चात् रिक्त पदमा उपनिर्वाचन गर्न लागिएको हो । आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।