May 17, 2024, Friday
२०८१ जेष्ठ ५Nepal 1:37:26 pm
Trending
शुभखबर संवाददाता

दुई वर्षदेखि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाई पुनः सुरु

२०८० चैत्र २२

375

दुई वर्षदेखि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाई पुनः सुरु भएको छ ।

एउटा मात्र छपाई गर्ने मेसिन भएको यातायात व्यवस्था विभागले मिसनले कार्ड पहिचान नगरेपछि २ महिना अघि नै प्राप्त १२ लाख कार्ड छपाई गर्न सकेको थिएन । तर, प्राविधिकको टोलीले समस्या समाधान गरेसँगै आज ५० प्रति कार्ड छपाई भएको हो ।

विभागसँग १२ लाख प्रति कार्ड छन् भने करिब १६ लाख कार्ड वितरण गर्न बाँकी छ । दैनिक १६ घण्टाका दरले ५ हजार कार्ड छपाई गरेर ४ महिना भित्र १२ लाख प्रति वितरण गरिसक्ने विभागले दाबी गरेको छ ।

त्यसो त मुलुकभरका ३५ कार्यालयबाट सवारी चालक अनुमति पत्र जारी हुन्छ । यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुरका मात्रै २ लाख ८० हजार र चाबहिल कार्यालयका १ लाख ८० हजार कार्ड छपाई गर्न बाँकी छ ।

ठेकेदारले कार्ड उपलब्ध नगराउँदा २ वर्षदेखि कार्ड छपाई प्रभावित भएको थियो ।