April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

दुई वर्षदेखि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाई पुनः सुरु

चैत्र २२, २०८०

1.6K

दुई वर्षदेखि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाई पुनः सुरु भएको छ ।

एउटा मात्र छपाई गर्ने मेसिन भएको यातायात व्यवस्था विभागले मिसनले कार्ड पहिचान नगरेपछि २ महिना अघि नै प्राप्त १२ लाख कार्ड छपाई गर्न सकेको थिएन । तर, प्राविधिकको टोलीले समस्या समाधान गरेसँगै आज ५० प्रति कार्ड छपाई भएको हो ।

विभागसँग १२ लाख प्रति कार्ड छन् भने करिब १६ लाख कार्ड वितरण गर्न बाँकी छ । दैनिक १६ घण्टाका दरले ५ हजार कार्ड छपाई गरेर ४ महिना भित्र १२ लाख प्रति वितरण गरिसक्ने विभागले दाबी गरेको छ ।

त्यसो त मुलुकभरका ३५ कार्यालयबाट सवारी चालक अनुमति पत्र जारी हुन्छ । यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुरका मात्रै २ लाख ८० हजार र चाबहिल कार्यालयका १ लाख ८० हजार कार्ड छपाई गर्न बाँकी छ ।

ठेकेदारले कार्ड उपलब्ध नगराउँदा २ वर्षदेखि कार्ड छपाई प्रभावित भएको थियो ।

भर्खरै