May 7, 2024, Tuesday
२०८१ बैशाख २५Nepal 1:37:26 pm
Trending
शुभखबर संवाददाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दिए पदबाट राजीनामा

२०८० चैत्र २२

275

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै चौधरीले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले चैत २३ मा समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो । आफ्नो पक्षमा बहुमत जुटाउन नसक्ने अवस्था रहेपछि विश्वासको मत लिने योजनाबाट पछि हट्दै संसद् बैठकलाई सम्बोधन गरेर मुख्यमन्त्री चौधरीले राजीनामा दिएका हुन् ।

गत वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्र गरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा चौधरी नियुक्त भएका थिए । ८७ सदस्यीय प्रदेशसभामा राप्रपाका एक जना सांसद निलम्बनमा परेपछि ८६ सदस्य कायम छ । बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । कांग्रेस २७, नागरिक उन्मुक्ति पार्टीका ४, राप्रपा ३, लोसपा ३, जनमत ३, जनमोर्चा का १ जना प्रदेशसभा सदस्य छन् ।

मुख्यमन्त्री चौधरीले प्रदेशसभालाई सम्बोधन गर्दै राजनीतिक अस्थिरताका कारण प्रदेश सरकारले चाहेअनुसार काम गर्न नसकेको बताए । प्रदेशको औचित्य पुष्टि गर्न पक्ष विपक्ष भन्दा पनि सबै मिलेर काम गर्नु पर्ने बताए ।

मुख्यमन्त्रीले राजीनामा दिएपछि नयाँ राजनीतिक समीकरणको आधारमा एमालेका २९, माओवादी सभामुख बाहेक १०, जसपा ३, एकीकृत समाजवादी एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको साथ लिएर नयाँ सरकार बनाउन बहुमत पुग्ने देखिन्छ ।