May 17, 2024, Friday
२०८१ जेष्ठ ४Nepal 1:37:26 pm
Trending
शुभखबर संवाददाता

बल्खुकाे साझा पम्पबाट चौबिसै घण्टा पेट्रोलियम पदार्थ वितरण हुने

२०८० चैत्र २१

345

साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोल पम्पबाट बुधबारदेखि २४सै घण्टा पेट्रोलियम पदार्थ वितरणको सुरुवात गरिएको छ । एक समारोहका बीच आज सो सेवाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुभारम्भ गरे ।

कार्यक्रममा मन्त्री भण्डारीले साझाको गर्विलो इतिहासको स्मरण गर्दै साझालाई राज्यले प्राथमिकता नदिँदा पछाडि परेको बताए । नेपाल आयल निगमको धुमलिएको छविलाई सुधार गर्नुपर्नेमा उनको जोड थियो ।

उनले निगमको सेवा प्रवाहलाई अझै भरपर्दो बनाउनुपर्नेमा जोड दिँदै सेवा प्रवाह, शुद्धता, चुहावटलगायत सबै कुरामा सुधारको खाचो औँल्याए । मन्त्री भण्डारी आयल निगमलाई समयसापेक्ष प्रविधिमैत्री बनाउनुपर्ने बताए ।

मन्त्री भण्डारीको निर्देशनमा आयल निगमले साझा सहकारीलाई गरेको आग्रहबमोजिम पेट्रोलियम पदार्थ वितरण चौबीसै घण्टा गर्ने सुरुवात गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

उनका अनुसार मन्त्रीको निर्देशन बमोजिम क्रमशः साझा तथा अन्य पेट्रोल पम्पबाट पनि सेवालाई चौबीसै घण्टा गरिनेछ । कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टलगायत सहभागी थिए ।