May 18, 2024, Saturday
२०८१ जेष्ठ ५Nepal 1:37:26 pm
Trending
शुभखबर संवाददाता

सुनको मूल्यले नयाँ रेकर्ड कायम तोलाको १ लाख ३० हजार पुग्यो

२०८० चैत्र १६

325

काठमाडौं  ।  नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज प्रतितोला सुनको मूल्य १ लाख ३० हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  २ हजार रुपैयाँले बढेर आज प्रतितोला सुनको मूल्य १ लाख ३० हजार रुपैयाँ पुगेको हो।

यसअघि बिहीबार एक तोला सुनको मूल्य १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला १ लाख २७ हजार ३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुनको मूल्य बढेसँगै चाँदीको पनि बढेको छ। प्रतितोला चाँदी १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ।