


धादिङमा अभियानका रूपमा वडा तहमै गएर राष्ट्रिय परिचयपत्र वितरण सुरू भएको छ ।
२०७७ असारदेखि धादिङका १३ ओटै स्थानीय तहले वडा तहमै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरेका थिए । प्रिन्ट भई आएको राष्ट्रिय परिचयपत्र बधबारदेखि वडामा नै गएर वितरण सुरू गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय धादिङले गजुरी गाउँपालिकाको वडा नम्बर २ बाट वितरण अभियान सुरू गरेको हो । छापिएर आएका कार्ड वितरण सम्पन्न नहुँदासम्म अभियान जारी रहनेछ ।
धादिङमा हालसम्म २ लाख ३८ हजार १ सय ८३ जनाको विवरण संकलन भएको छ भने १ लाख ४ हजार ५ सय ६ जनाको कार्ड छापिएर आएको छ । वडा तहबाट नै विवरण संकलन भएकाहरूको कार्ड मात्र यो अभियानमा वितरण गरिने छ ।











