


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड गजुरी शाखाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत धादिङको गजुरीमा ट्राफिक सुरक्षा सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।
सो कार्यक्रमअन्तर्गत ट्राफिक प्रहरीलाई ट्राफिक सचेतना बोर्ड, सर्च लाइट, ब्याटन लाइट, ट्राफिक ज्याकेट, म्याजिक लाइट, टर्च लाइट र ट्राफिक सुरक्षा स्टिकरहरू वितरण गरिएको हो ।
व्यावसायिक क्रियाकलापहरू सञ्चालन गर्दा बैंकले सदैव सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता व्यक्त गर्दै आएको कार्यक्रमका संयोजक कृष्णकुमार धितालको भनाइ छ। उनले सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएको र नागरिकहरूले पनि सचेत भएर सहयोग गर्नुपर्ने धारणा राखे ।
यस्ता कार्यक्रमले राजमार्ग क्षेत्रको ट्राफिक व्यवस्थापनमा थप सुधार ल्याउने विश्वास गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इंस्पेक्टर सुरज श्रेष्ठले बताए ।
उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय गजुरीका कार्यालय प्रमुख डीएसपी विकाश थापाको विशेष उपस्थिति रहेको थियो ।











