April 19, 2026, Sunday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

मलेखु –मुग्लीन सडक खण्ड रातको समयमा दैनिक पाँच घण्टा बन्द हुने

जेष्ठ २९, २०८२

720

मलेखु –मुग्लीन सडक खण्ड भोली २०८२ जेष्ठ ३० गत शुक्रवारेदेखी आगमी असारको सात गतेसम्मका लागी रातको समयमा दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।
मलेखु मुग्लीन सडक खण्डमा निर्माण भएको नयाँ पुलहरुमा अरसिसि विम गडर राख्नु पर्ने भएकोले सो खण्ड बन्द गरी काम गर्न लागीएको हो । गडर राख्नका लागी ठुलो क्रेनको प्रयोग गर्नु पर्ने भएकोले अत्यावाश्यक बाहेकका सवारीका साधनहरु बाहेक अन्य सवारी बन्द गर्न लागीएको हो ।
बन्दको समयमा मुग्लीनतर्फबाट राजधानी प्रवेशका लागी आएका ठुला र यात्रुवाहक र मालवाहक सवारीका साधनहरु मुग्लीन बजार क्षेत्रमा रोकिने छ भने साना तथा हल्का सवारीका साधनहरु कुरिनटारमा रोखिने ब्यवस्था मिलाईएको छ ।
यसै गरी मलेखुबाट मुग्लीनतर्फ प्रवेशका लागी आएका सवारीका साधनहरुलाइ भने पृथ्वी राजमार्गको मलेखु र सितल बजारमा रोक्ने ब्इवस्था मिलाईएको छ । सो समयमा अत्यावाश्यक सवारीका साधनहरु विरामी बोकेका एम्वुलेन्स, प्रहरीका सवारी र दमकल जस्ता सवारी साधनहरु भने चल्न पाउने छन् ।
सो राजमार्ग हुदै दैनिक पन्द्र हजारको हाराहारीमा सवारीका साधनहरु गुढ्ने छ । सो समयमा सवारीका साधनहरु रोक्दा र चलाउदा लेन अनुसासन पालना गनूृका साथै जथाभावी ओभरटेक नगर्न नागढुङ्गा मुग्लीन सडक योजन पश्चिम खण्डले आग्रह गरेको छ । योजना कार्यालयले जिल्ला प्रशसन कार्यालय चितवन र धादिङसंग सम्वनय गर्दै सुचना प्रकासीत गरेको हो ।

भर्खरै